चौलानी जस्ता पनेला कुराहरू पानी सरी पिउनु पर्छ
उध्रिएका छेउ छाउ मनकै सियोले सिउनु पर्छ-
गृहस्थीको सुन्दर मन्दिर बादबिबादको केन्द्र होइन
आफ्नोलाई जित्नु छैन सँग सँगै जिउनु पर्छ।