मुक्तकमणि अधिकारी नेपाली साहित्यिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो तीर्थराज अधिकारी। चन्द्रेश्वर ७, दुराडाँडा लम्जुङ्गमा ७२ वर्ष अघि जन्मेका अधिकारी लामो समय नेपाल सरकारको सेवामा रहेर हाल अवकाशित जीवन व्यतीत गरिरहेका छन्। नेपाली भाषा र साहित्यको क्षेत्रमा यद्यपि सक्रिय... Continue Reading →
https://youtu.be/Z6POzfv4H6sManage परिजात जयन्ती बिशेश साहित्यिक कार्यक्रम चार्ल्तोन युके अनेसास युके २०१८ साभार युके न्युज
कतै छलिएर अप्सरानै यो धरतीमा पसेझैँ लाग्छ पूर्णिमा पछि जूनका टुक्राहरु यतै खसेझैँ लाग्छ अँधेरी रातमा झिलमिल जुन्किरी चम्केको देख्दा तिमीनै सुटुक्क मेरो छेउमै आएर बसेझैँ लाग्छ।
कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने- फुक्का जीवन बोकेर यस्सै जिउन पनि नमिल्ने थोत्रा पुराना भैसके जिन्दगीका धेरै पानाहरु, आकर्षक गातो हालेर सिउन पनि नमिल्ने।
हरियो साग सब्जीमा कीटनाशीको कहर छ दूधको भाउमा किनेको पानीमा जहर छ हरेक वस्तुमा रसद्रव्य पाइन्छ प्रभु ! अचेल निन्द्रामा शुद्ध सपना देख्न समेत रहर छ। x चौलानी जस्ता पनेला कुराहरू पानी सरी पिउनु पर्छ उध्रिएका छेउ छाउ मनकै सियोले... Continue Reading →
चौलानी जस्ता पनेला कुराहरू पानी सरी पिउनु पर्छ उध्रिएका छेउ छाउ मनकै सियोले सिउनु पर्छ- गृहस्थीको सुन्दर मन्दिर बादबिबादको केन्द्र होइन आफ्नोलाई जित्नु छैन सँग सँगै जिउनु पर्छ।
शराबीको संगत गरे भट्टी अखडा बन्दछ गृहस्थी जीवनमा रात दिन बखेडा बन्दछ जस्तो संगत उस्तै फल अबस्य मिल्छ साथी! कुमालेको चक्रमा परे माटो पनि घडा बन्दछ।
वसन्तले नयाँ पालुवा लिएको हुन सक्छ वेजोड आँधीले खसाली दिएको हुन सक्छ झरेको पात भन्दैमा कुल्चेर नहिँड साथी! डालीमै छँदा शीतल छहारी दिएको हुन सक्छ।
