Search

Teertha Adhikari

Muktakmani

Teertha Adhikari shared a photo. 5 hrs ·  Homnath Subedi is with Ganga Ligal and Teertha Adhikari. June 29, 2015 http://dcnepal.com/news/bichar.php?nid=4342 तीर्थराज अधिकारीको झटारो मुक्तक- होमनाथ सुवेदी, वुडब्रिज, भर्जिनिया, ०६–२८–२०१५ तीर्थराज अधिकारीको जन्म ०७–३०–२००३, १९४६ मा चन्देश्वर ७, दुराडाँडा, लमजुङ्मा भएको हो । रुक्मिणी र नारायणदत्त अधिकारीका... Continue Reading →

जिन्दगीको स्पर्श नै साहित्य हो : मुक्तकमणि अधिकारी डिसी नेपाल , १२ अषाढ २०७५

मुक्तकमणि अधिकारी नेपाली साहित्यिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो तीर्थराज अधिकारी। चन्द्रेश्वर ७, दुराडाँडा लम्जुङ्गमा ७२ वर्ष अघि जन्मेका अधिकारी लामो समय नेपाल सरकारको सेवामा रहेर हाल अवकाशित जीवन व्यतीत गरिरहेका छन्। नेपाली भाषा र साहित्यको क्षेत्रमा यद्यपि सक्रिय... Continue Reading →

https://youtu.be/Z6POzfv4H6sManage परिजात जयन्ती बिशेश साहित्यिक कार्यक्रम चार्ल्तोन युके अनेसास युके २०१८ साभार युके न्युज

कतै छलिएर अप्सरानै यो धरतीमा पसेझैँ लाग्छ पूर्णिमा पछि जूनका टुक्राहरु यतै खसेझैँ लाग्छ अँधेरी रातमा झिलमिल जुन्किरी चम्केको देख्दा तिमीनै सुटुक्क मेरो छेउमै आएर बसेझैँ लाग्छ।

मुक्तक-(जिन्दगी)

कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने- फुक्का जीवन बोकेर यस्सै जिउन पनि नमिल्ने थोत्रा पुराना भैसके जिन्दगीका धेरै पानाहरु, आकर्षक गातो हालेर सिउन पनि नमिल्ने।

हरियो साग सब्जीमा कीटनाशीको कहर छ दूधको भाउमा किनेको पानीमा जहर छ हरेक वस्तुमा रसद्रव्य पाइन्छ प्रभु ! अचेल निन्द्रामा शुद्ध सपना देख्न समेत रहर छ। x चौलानी जस्ता पनेला कुराहरू पानी सरी पिउनु पर्छ उध्रिएका छेउ छाउ मनकै सियोले... Continue Reading →

कुनैको आँखामा छारो हाले कुनैको बाटोमा तगारो हाले कति स्वार्थी रहेछन् ती नेता हेर! आफ्नो थर्मामिटरमा पारो हाले।

चौलानी जस्ता पनेला कुराहरू पानी सरी पिउनु पर्छ उध्रिएका छेउ छाउ मनकै सियोले सिउनु पर्छ- गृहस्थीको सुन्दर मन्दिर बादबिबादको केन्द्र होइन आफ्नोलाई जित्नु छैन सँग सँगै जिउनु पर्छ।

संगतको फल

शराबीको संगत गरे भट्टी अखडा बन्दछ गृहस्थी जीवनमा रात दिन बखेडा बन्दछ जस्तो संगत उस्तै फल अबस्य मिल्छ साथी! कुमालेको चक्रमा परे माटो पनि घडा बन्दछ।

Start a Blog at WordPress.com.

Up ↑